प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

| 2024 Dec 05 | 09:07 am 289

काठमाडौं २० मंसिर। प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई चीनका उप परराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहीबार बिहान ११ बजे बिदाइ गरे ।

प्रधानमन्त्री ओली नेपाली समय अनुसार दिउँसो २:३० बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेकोे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.