प्रधानमन्त्री ओली स्वदेश फिर्ता–गुठी विधेयक सच्चाउने संकेत

रिपोर्ट नेपाल | 2019 Jun 16 | 12:19 pm 1501

काठमाडौं, असार १ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जनतालाई दुःखी बनाउन नभएर सुखी बनाउँने अभियानमा जुटेको बताएका छन् । ९ दिने युरोप भ्रमण सकेर नेपाल फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सुखी बनाउँने अभियानमा लाग्दा धेरैको टाउको दुखेको पनि बताएका छन् । स्विट्जरल्यान्ड हुँदै बेलायत र फ्रान्सको भ्रमण गरी ओली आइतबार बिहान १० बजे नेपाल आइपुगेका हुन्।

विमानस्थलमा ओर्लिएपछि पत्रकारसँग कुरा गर्दै आफ्नो युरोप भ्रमण निकै फलदायी भएको दाबी गरे। प्रम ओलीले आवश्यक भए गुठी विधेयक सच्चाउन सरकार तयार रहेको बताए । उनले भने, धर्म संस्स्कृतिमा प्रतिकूल असर पर्ने कुरा विद्येयकमा जानेर वा नजानेर परेको रहेछ भने सरकारले सच्याउँछ। ओलीले प्रतिपक्षी दलप्रति लक्षित गर्दै विधेयकको विरोधको मौका नछोप्न पनि आग्रह गरे।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भ्रमणबारे जानकारी दिएका थिए। प्रधानमन्त्री ओलीलाई स्वागत गर्नका लागि समामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत विमानस्थल पुगेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.