प्रधानमन्त्री ओली र नेकास देउवाबीच भेटवार्ता

रिपोर्ट नेपाल | 2019 Dec 19 | 01:50 pm 1812

काठमाडौं, पुस ३: सत्तारुढ दलका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बिहीबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता भएको हो।

स्रोतका अनुसार कांग्रेस सभापति देउवा केन्द्रीय सदस्य रमेश लेखकलाई लिएर प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए ।

भेटमा देउवाले सुरुमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए ।

प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेतासँग समसामयिक विषयमा कुराकानी भएको बुझिएकोे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.