काठमाडौं, असोज १७: प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो १३ दिने भ्रमण सकेर बिहीबार नेपाल फर्किने भएका छन्।
उनी कोस्टारिकाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा बुधबार न्यूयोर्क पुगेका छन् ।
प्रधानमन्त्री ओली कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोस्टारिकाको भ्रमणमा गएका थिए।
प्रधामन्त्री ओलीले सान होजेमा कोस्टारिकाका राष्ट्रपति क्वेसाडासँग दुई पक्षीय भेटवार्ता गरेका थिए । उनले सान होजेमै शान्ति विश्वविद्यालयले प्रदान गरेको मानार्थ विद्यावारिधिको उपाधि स्वीकार गरेका थिए ।
प्रधानमन्त्री ओली बिहीबार कतार हुँदै स्वदेश फर्किने कार्यक्रम छ। संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन उनि त्यसतर्फ प्रस्थान गरेका थिए।