काठमाडौँ ३२ साउन / प्रधानमन्त्री केपी शर्मा ओलीसँग अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड आर. वर्माले शिष्टाचार भेट गरेका छन् । शुक्रबार नेपाल आएका वर्माले प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।
आफ्नो नेपाल भ्रमणको क्रममा उनले नेपाल सरकारका नेतृत्वकर्ता, यूएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीहरूसँग भेट गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि अमेरिकाबाट भएको यो सबैभन्दा उच्च स्तरीय भ्रमण हो । व्यवस्थापन तथा श्रोतसम्बन्धी अमेरिकी उपविदेशमन्त्री बर्माले नेपाल बसाइका क्रममा सरकारी अधिकारीहरू र व्यवसायीहरूसँग भेट गर्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।