प्रधानमन्त्री ओलीविरुद्धको अवहेलना उजुरी अस्वीकृत

रिपोर्ट नेपाल | 2018 Jun 13 | 07:15 pm 1721

काठमाडौँ — प्रधानमन्त्री ओली केपी शर्मा ओलीविरुद्धको अवहेलना उजुरी अस्वीकृत भएको छ । ज्यान मारेको अभियोगमा थुनामा रहेका माओवादी नेता बालकृष्ण ढुंगेलको कैद मिनाहा गरी अदालतको अवहेलना गरेको दाबीसहित सर्वोच्च अदालतमा पेस भएको निवेदन अस्वीकृत भएको हो ।

प्रधानमन्त्री केपी ओलीलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दर्ता गर्न खोजेको अवहेलनाको निवेदन मुद्दा महाशाखा प्रमुख नारायण पन्थीले दरपीठ आदेश लेखी अस्वीकृत गरेका हुन्।

वरिष्ठ अधिवक्ता भण्डारीले सर्वोच्च अदालतको नजीर र विचाराधिन मुद्दा समेत प्रभावित हुने गरी ढुंगेलको कैद मिनाहा गरेर मन्त्रिपरिषद्‍का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अदालतको अवहेलना गरेको जिकिर गरी निवेदन दर्ताको प्रयास गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.