प्रधानमन्त्री ओलीले साँझ राष्ट्रको नाममा सम्बोधन गर्ने

रिपोर्ट नेपाल | 2020 May 25 | 04:39 pm 1803

काठमाडाैं, जेठ १२ः प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्।

५ बजे मन्त्री परिषद्को बैठक बस्ने र त्यस लगत्तै ५ः३० बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

सरकारले लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेपछि संविधान संशोधन प्रस्ताव समेत संसदमा दर्ता गरको अवस्था हुन राष्ट्रका नाममा हुन लागेका सम्बोधनलाई अर्थपूर्ण रुपमा हेरिएको बताइएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.