प्रधानमन्त्री ओलीले प्रदेश ३ का सांसदसँग छलफल गर्दै

| 2018 Jul 13 | 09:37 am 3365

काठमाडौं असार २९: प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश ३ बाट प्रतिनिधित्व गर्ने नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदसँग छलफल गर्नेभएका छन्।

सिंहदरबारमा दिउँसो ३ बजे हुने छलफलमा स्थानीय तहको विकास योजना, तीनको कार्यान्वयन तथा जनगुनासो लगायतका बिषयमा अन्र्तक्रिया हुने प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

सो क्रममा सरकारको नीति तथा कार्यक्रमकोकार्यान्वय, बजेट लगायत बिषयमा सांसदहरुको धारणा र सुझाव संकलन हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्री ओलीले प्रदेश २ बाट पार्टीको प्रतिनिधित्व गर्ने सांसदहरुसंग छलफल गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.