प्रधानमन्त्री ओलीले जसपासमेतलाई समेटेर मन्त्रिमण्डल विस्तार

रिपोर्ट नेपाल | 2021 Jun 10 | 12:42 pm 177

काठमाडौं, जेठ २७: प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। बिहीबार नै मन्त्रीहरूले शपथ गराउने तयारी गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएकाे हाे।

एमाले नेता विष्णु रिजालका अनुसार नयाँ थपिने मन्त्रीहरुले आज दिउँसो ४ बजे शपथ लिने बताएका छन्।

नयाँ थपिएका मन्त्रीहरुमा गृहमन्त्रीमा खगराज अधिकारी, सञ्चारमा नैनकला थापा (वादल पत्नी), वनमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वालाकुमारी शाह,  उद्योगमा राजकिशोर यादव, सामान्य प्रशासनमा गणेश पहाडी, रक्षामन्त्रालय प्रधानमन्त्री आफैँ, प्रधानमन्त्री कार्यालय रहने गरी मोहन बाँनिया र वन राज्यमन्त्रीमा आशा विक रहेका छन्।

पछिल्लो पटक जेठ २१ गतेपनि प्रधानमन्त्री ओलीले जसपासमेतलाई समेटेर मन्त्रिमण्डल विस्तार गरेका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.