प्रधानमन्त्री ओलीले गरे हुम्लामा बेलीब्रिजको उद्घाटन

| 2025 Jul 06 | 06:58 pm 2349

काठमाडौँ २२ असार / प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कर्णाली कोरिडोर अन्तर्गत हुम्लाको खार्पुनाथस्थित चुवा खोलामा नवनिर्मित बेलीब्रिजको उद्घाटन गरेका छन । प्रधानमन्त्री ओलीले आइतबार नवनिर्मित बेलीब्रिजको उद्घाटन गरेका हुन् ।

हुम्लाको चुवाखोला बेलीब्रिजको उद्घाटन कार्यक्रम बिहान ११ बजेका लागि तय गरिएको थियो। ‎तर, सुर्खेतबाट हुम्ला जाने हवाई मार्ग, विशेष गरी कालिकोट खण्डको मौसममा सुधार नभएपछि प्रधानमन्त्रीको उडान ढिलो भएको थियो ।

हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने खार्पुनाथ गाउँपालिकास्थित चुवाखोलामा निर्माण भएको पुल आइतबार साँझ प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.