काठमाडौं, फागुन १९: सत्तरूढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उपराष्ट्रपति नन्दबहादुर पुन बालुटार पुगेका छन्।
मिर्गौला प्रत्यारोपण गर्नका लागि अस्पताल जान लागेका प्रधानमन्त्री ओलीलाई अस्पताल भर्ना हुन अघि नै भेट्न उपराष्ट्रपति पुन बालुवाटार पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
आगामी बुधबार प्रधानमन्त्रीको ओलीको दोस्रोपटक शिक्षण अस्पतालको कलेजो–मिर्गौला प्रत्यारोपण कक्षमा हुँदैछ।
अस्पताल स्रोतका अनुसार त्यसको आवश्यक तयारीका लागि अन्य बिरामीलाई डिस्चार्ज दिइएको बताइएको छ।
बुधबार गरिने मिर्गौला प्रत्यारोपणका लागि चिकित्सकहरूले भरपुर आवश्यक तयारी गरिएको बताएका छन्।
स्रोतका अनुसार प्रम ओलीलाई भाञ्जी नाता पर्ने समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिने बुझिएको छ।
मिर्गौला दान गर्नका लागि भाञ्जी समीक्षाको सबै स्वास्थ्य परीक्षण भइसकेको जनाइएको छ।
प्रधानमन्त्री ओलीलाई मिर्गौला दिनका लागि उनी यसअघि नै तयार भइसकेकी थिइन्।