काठमाडौं, भदाै १८: केही हप्तादेखि सिंगापुरमा उपचाररत प्रधानमन्त्री तथा सत्तारूढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपाका नेता वामदेव गौतम बुधबार सिंगापुर जानेभएका छन् ।
उपचाररत प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्था बुझ्न नेता वामदेव गौतम सिंगापुर जान लागेका हुन् । उनी बुधबार दिउँसो १ बजे सिंगापुरतर्फ प्रस्थान गर्ने कार्यक्रम तय गरिएको छ ।
मंगलबार नेकपा महासचिव विष्णु पौडेल प्रमलाई भेट्न सिंगापुर गइसकेका छन् । नेता गौतम पनि हिजै जाने तयारी थियो तर उनले सिंगापुर जाने कार्यक्रम रद्द गरेका थिए । तर प्रधानमन्त्री ओलीले नै बोलाएपछि उनी आज सिंगापुर जान लागेको बुझिएकाे छ ।
स्रोतले दिएकाे जानकारी अनुसार प्रधानमन्त्री ओलीको सातौं चरणको उपचार प्रकृया बुधबार सकिने र शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेकाे छ ।