प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद्को विस्तार तथा हेरफेर

रिपोर्ट नेपाल | 2020 Dec 25 | 08:59 pm 2061

काठमाडाैं, पुस १०ः प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको विस्तार तथा हेरफेर गरेका छन् । ९ नयाँ मन्त्रीको नियुक्ति गर्दै केही मन्त्रीको मन्त्रालय हेरफेर गरेका छन् भने दुई मन्त्रीलाई विदा दिएका छन् ।

शुक्रबार साँझ प्रधानमन्त्री ओलीले गरेका मन्त्रिपरिषदको विस्तार र हेरफेरमा टोपबहादुर रायमाझी उर्जा मन्त्री बन्नु भएको छ । त्यस्तै मणि थापा खानेपानी, प्रभु साह शहरी विकास र प्रेम आले वन मन्त्री बनेका छन् ।

यसैगरी गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री र गौरी शंकर चौधरी श्रम मन्त्री बन्दा दावा लामा युवा तथा खेलकुद मन्त्री बनाइएकाे छ ।

त्यस्तै जुली कुमारी महतो महिला बालबालिका मन्त्री बन्दा विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेकी छन् ।

महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी  छन् । भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाउँदा शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री बनेका छन् ।

यस्तै स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन र संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बनेका छन् ।

यस अघिका युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा र उद्योग राज्य मन्त्री मोतीलाल दुगडलाई हटाइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.