प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, यसै साता नेपाल फर्कदैं

रिपोर्ट नेपाल | 2019 Aug 31 | 04:32 pm 1753

काठमाडौं,  भदाै १४: प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा सुधार आएको जानकारी प्राप्त भएकाे छ । ओली यसै साता नेपाल फर्कने पनि जनाइएको छ । उर्जा तथा सिंचाई मन्त्री वर्षमान पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य रहेको र सम्भवतः यसै साता नेपाल फर्कने जानकारी गराएका छन् ।

मन्त्री पुनले शनिबार अपरान्ह सवा तीन बजे फेसबुकमार्फत प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिको पछिल्लो अवस्थाको बारेमा जानकारी सार्वजनिक गरेका हुन् । उनले फेसबुक मार्फत भनेका छन्ः

इण्डोनेसिया भ्रमणमा रहेका उर्जा मन्त्री पुन नेपाल फर्कदा सिंगापुरमा ट्रान्जिट मिलाएर प्रम ओलीको स्वास्थ्य स्थिति बुझ्ने प्रयास गरेका थिए । प्रधानमन्त्री ओलीसँगको भेटवार्तापछि मन्त्री पुनले उत्साहित हुँदै सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

मन्त्री पुनका अनुसार प्रम ओली बुधबारको परिक्षण पश्चात अर्थात आगामी शुक्रबारसम्ममा नेपाल फर्कने जनाइएको छ । प्रधानमन्त्री ओलीकाे प्रत्यारोपण गरिएको मृगौलामा खरावी देखिएपछि प्लाज्माथेरासिस विधिबाट उपचार गर्न केही हप्ता पहिले सिंगापुर गएका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.