प्रधानमन्त्री ओलीको समर्थनमा लालबन्दीमा प्रदर्शन

| 2020 Jul 08 | 10:10 pm 3304

सर्लाही, असार २४ः प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेकै नेपाल कम्युनिस्ट पार्टी भित्रैबाट राजीनामा माग गरिएको विरोधमा सर्लाहीको लालबन्दीमा वुधवार प्रदर्शन गरिएको छ ।

लालबन्दीस्थित पूर्व–पश्चिम राजमार्गमा नेकपाका युवा नेता तथा विद्यार्थीहरुले प्रदर्शन गर्दै केपी शर्मा ओली नेतृत्वको सरकार पाँच वर्ष नै चल्नुपर्ने माग गरेका छन् ।

राष्ट्रिय झण्डा, नेपालको नक्सा र केपी शर्मा ओलीको फोटोसहित प्रदर्शनमा उत्रिएका प्रर्दशनकारीले ‘सरकार ढाल्न पाइँदैन’, ‘पार्टी एकता जिन्दावाद’ लगायत नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

लालबन्दीस्थित डुमडुमे मन्दिरबाट सुरु भएको र्याली मरिण जाने चौकसम्म पुगेर पुनः पश्चिम बसपार्कमा आई कोण सभामा परिणत भएको कार्यक्रम सञ्चालक एवम् अनेरास्ववियूका नेता सरोजबाबु न्यौपानेले जानकारी दिए ।

प्रर्दशनपछि आयोजित कोण सभालाई समापन गर्दै अनेरास्ववियूका नेताहरु श्रीकृष्ण उप्रेती, अन्जना शिवाकोटी, समिम खान र नेकपाका नेता उत्तरकुमार मैनालीले देशले गुमाएको भूमिसहितको राष्ट्रिय नक्सा आर क्याम्पसका स्ववियु उपसभापति श्रीकृष्ण उप्रेतीको सकृयतामा प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.