हेटौंडा, ५ असार : नेपाली कांग्रेसका सभापति शेरबहादुर गणतन्त्र, लोकतन्त्र र संघीयता जोखिममा परेको दाबी गरेका छन् । जिल्ला सभापतिहरूको भेलालाई सम्बोधन गर्दै देवाले यस्तो दाबी गरेको हो ।
प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद पनि लम्पसारवादमा परिवर्तन भएको समेत उनले बताए । कांग्रेसले एउटा लडाइ हारेको तर, मैदान नहारेको भन्दै उनले कमजोर मानसिकता होइन, उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गरे ।
सभापति भेलालाई सम्बोधन गर्दै देवाले भने, ‘कम्युनिस्टको हातमा लोकतन्त्र कदापि सुरक्षित हुन सक्दैन । कम्युनिष्ट लोकतन्त्रवादी हुन सक्दछन् भन्नु बाघ शाकाहारी हुन्छ भन्ने जत्तिकै हो ।’ उनले भने, कतिपय कुराहरूलाई मैले स्वाभाविक रूपमा लिएको छु भने कतिपय कुरा अतिरंजित र अशोभनिय ढंगले पनि उठ्ने गरेका छन् ।’
देउवाले आफ्ना लागि राष्ट्र, लोकतन्त्र र काग्रेस भन्दा प्रिय केही नभएको भन्दै बाँकी जीवन पनि यसैमा समर्पित गर्ने बताए । पार्टीको हार कम्युनिष्ट पार्टीहरूको एकिकरणले चुनौती थपिए पनि आफू विचलित नभएको भन्दै उनले भनेका छन्, मैले आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी स्थापित गर्ने प्रण गरेको छु ।’
उनले कांग्रेसलाई फेरि पहिलो पार्टी बनाउने आफ्नो अभियानमा एकजुट भई सहयोग गर्न पनि आहृवान गरेका छन् ।