काठमाडौं, फागुन २१: प्रधानमन्त्री केपी शर्मा ओलीको सफल रुपमा मिर्गौला प्रत्यारोपण भएको छ ।
त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन् ।
बिहान साढे १० बजेदेखि सुरु भएको मिर्गौला प्रत्यारोपण सफल भएको शल्यक्रियामा संलग्न चिकित्सकहरुले बताएका छन्।
प्राध्यापक डा अरुण शायमीकाअनुसारका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट गरेको छ ।
भाञ्जी समीक्षा संग्रौलाको शरीरबाट निकालिएको मिर्गौला ओलीको शरीरमा प्रत्यारोपणपछि काम गर्न थालेको एक चिकित्सकले बताए।
प्रत्यारोपणपछि प्रधानमन्त्रीले पिशाव पनि फेरेको बताइएको छ। चिकित्सकका अनुसारअब टाँका लगाउने काम भइरहेको छ, नयाँ मिर्गौलाले काम गर्न थालेपछि पहिलो स्टेपको ‘डेन्जर जोन’ पार भयो।
अबको केहीबेरमा प्रत्यारोपणको सबै काम सकिन्छ। प्रत्यारोपणपछिको करिब २ घण्टामा प्रधानमन्त्रीको होस फर्किने ती चिकित्सकले बताए।
उपचारमा संलग्न चिकित्कसहरुले अबको एक घन्टापछि पत्रकार सम्मेलन गरेर थप जानकारी दिने बुझिएको छ ।