प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिस शल्यक्रियाको तयारी

| 2019 Nov 26 | 11:52 am 1339

काठमाडौं, मंसिर १०: मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोमा भर्ना भएका प्रधानमन्त्री ओलीलाई शल्यक्रियाको तयारी गरिएको छ।

एपेन्डिसाइटिस भएपछि उनको शल्यक्रिया गर्न लागिएको सचिवालयले जानकारी दिए।

स्वास्थ्य परीक्षणका क्रममा प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गर्न लागिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डा अरुण सायमीले बताए।

मिर्गौमा समस्या देखिएपछि २ दिनअघि मात्र उनको चौथो पटक डायलासिस गरिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.