प्रधानमन्त्री ओलीका बुद्धि बंगारो खुस्किएपछि

रिपोर्ट नेपाल | 2019 Jul 27 | 04:32 pm 2274

काठमाडाैं, साउन ११:  प्रधानमन्त्री केपी शर्मा ओली ६७ वर्ष पुगेका छन् । शुक्रबार एकाएक प्रधानमन्त्री केपी शर्मा ओलीका बुद्धि बंगारो खुस्कियो । जुन कुराको स्वयम प्रधानमन्त्रीले समेत चाल पाएनन् ।

बाँसबारीस्थित गंगालाल अस्पतालको नवनिर्मित ओपीडी भवन उद्घाटन गर्न पुगेका प्रधानमन्त्रीले आफ्नो बुद्धि बंगारा फुस्किएकोबारे भाषणमार्फत नै जानकारी गराएका हुन् ।

‘हिजो बेलुका मेरो दाहिने पट्टीको माथिल्लो पट्टीको बुद्धि बंगारो आफैं खुस्कियो । छामेर हेरेँ, जरा पनि छैन, रगत पनि आएको छैन् ।’ प्रधानमन्त्रीले भने ।

आफ्नो हजुरआमाले १ सय १ वर्षको उमेरमा पनि भुटेको मकै भटमास चपाउने गरेको तर आफ्नो भने ६७ वर्षको उमेरमै बुद्धि बंगारा खुस्किएर असक्त भएको बताए ।

प्रधानमन्त्री ओलीले कार्यक्रममा एक घण्टा ढिलो पुगेका थिए ।  स्वास्थ्य समस्याका कारण कार्यक्रममा नआउन चाहेको तर कर गरेपछि आएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.