प्रधानमन्त्रीले संसदबाट पाए तेस्रोपटक विश्वासको मत

रिपोर्ट नेपाल | 2024 Mar 13 | 03:58 pm 973

काठमाडौँ ३० फागुन / बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट तेस्रोपटक विश्वासको मत पाएका छन् । प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका थिए । सभामुख देवराज घिमिरेले उक्त प्रस्ताव बहुमतले पारित गरेको जानकारी दिए ।

मत विभाजनद्वारा सो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । सभामुख घिमिरेले मत विभाजनको परिणामअनुसार बैठकमा २६८ जना सांसद उपस्थित रहेका र प्रस्ताव पक्षमा १५७, विपक्षमा ११० र मत दिन्नँ भन्ने तटस्थमा १ मत खसेको जानकारी दिए ।

सभामुख घिमिरेले प्रस्तावको पक्षमा खसेको १५७ मत बहुमत पुगेकाले प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको बैठकमा जानकारी गराए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.