‘प्रधानमन्त्रीले निर्मला हत्याकाण्डका अनुसन्धान प्रभावित हुने अभिव्यक्ति किन दिए ?’- गगन थापा

| 2018 Sep 14 | 03:20 pm 1523

काठमाडौँ, भदौ २९ : नेपाली काँग्रेसका सांसद गगन थापाले निर्मला हत्याकाण्डको छानविन प्रभावित हुने गरी प्रधानमन्त्रीले अभिव्यक्ति दिएको बताएका छन् । शुक्रबार बसेको प्रतिनिधी सभाको बैठकमा जनतासँग प्रधानमन्त्रीको कार्यक्रममा र्मला हत्याकाण्डको छानविन प्रभावित हुने गरी अभिव्यक्ति दिएको बताएका हुन् ।

गृहमन्त्रीको जवाफपछि पश्न गर्दे सांसद थापाले भने– ‘अनिता बम र रोशनी बमलाई सोधपुछका लागि प्रहरीले साथ लियो । आरोप प्रमाणित नभइकन कसैलाई बोल्ने अनुमति छैन । तर जनतासँग प्रधानमन्त्रीको कार्यक्रममा घटनासँग रहेका तथ्यहरुलाई प्रधानमन्त्रीले तोडमोड गरेको छानविनलाई प्रभावित हुने गरी अभिव्यक्ति दिए ।’

उनले गृहमन्त्री रामबहादुर थापालाई प्रश्न गरे–‘छानविन प्रभावित हुने गरी कसैलाई अभिब्यक्ति नदिन आग्रह गरिरहनु भएको गृहमन्त्री ज्यू, प्रधानमन्त्रीलाई भेटेर किन यस्तो गर्नुभयो भनेर प्रश्न गर्नुभयो ? प्रश्न गर्ने हिम्मत गर्नुभयो रु म जान्न चाहन्छु ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.