प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्वीप

| 2024 Jul 12 | 11:17 am 445

असार २८ शुक्रबार / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ। शुक्रबार बसेको संसदीय दल बैठकले प्रधानमन्त्री दाहालले प्रतिनिधि सभामा राख्ने विश्वासको मत प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको हो।

संसदीय दलको बैठकमा आफ्ना मन्त्रीहरुले गरेका कार्यको समीक्षा पनि भएको छ । चार महिनाको अवधिमा अझ बढी कार्य गर्न सकिने अवस्था रहेको आत्मसमीक्षा गरिएको बताइएको छ ।

रास्वपाले प्रतिपक्षमा बस्ने र शसक्त भूमिका प्रदर्शन गर्ने निर्णय गरेको छ । दाहाल नेतृत्वको सरकारमा रास्वपाका चार जना मन्त्री छन्। प्रतिनिधि सभामा रास्वपाका २१ जना सांसद छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.