प्रधानमन्त्रीलाई बाबुरामको जवाफ : मनाङ्गेजस्ता ‘बौद्धिक’ भित्र्याएपछि अरु किन चाहियो ?

| 2019 Jul 05 | 02:38 pm 1871

काठमाडौं, असार २० : पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा जवाफ फर्काएका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार भट्टराई नेतृत्वको पूर्वनयाँशक्ति पार्टीका नेतालाई नेकपा प्रवेश गराउने क्रममा डीग्रीले पार्टी नचल्ने भन्दै व्यंग्य गरेपछि भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।

यसको जवाफमा ट्विट गर्दै भट्टराईले लेखेका छन्, ‘कमरेड दिपक मनाङ्गेजस्ता बौद्धिक भएको कमाउनिष्ट पार्टीमा अरु बौद्धिकहरु पनि आवश्यक पर्छ र ?’ भट्टराईले ट्विटमा मनाङ्गेपछिको बौद्धिक र कमाउनिष्ट शब्दलाई दोहोरो कोट गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.