प्रधानमन्त्रीलाई प्रश्न गर्न नदिँदा संसदमा हंगामा, १५ मिनेटलाई बैठक स्थगित

| 2019 Jan 06 | 02:40 pm 1667

काठमाडौं, पुस २२ : प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि प्रश्न गर्न नदिइएको भन्दै नेपाली कांग्रेसका सांसदहरुले संसद बैठक

आइतबार संसद बैठकको सुरुमा नै प्रधानमन्त्री ओलीले झण्डै एक घन्टा लामो सम्बोधन गरे । उनले सरकारको कामकारबाहीबारे जानकारी दिनुका साथै विपक्षी सांसदहरुले विभिन्न समयमा उठाएका प्रश्नको जवाफ समेत दिएका थिए ।

लगतै कांग्रेस सांसदहरुले प्रश्नउत्तर गर्न समय मागे । सभामुखले प्रश्न उत्तरको कार्यक्रम नभएकाले समय दिन नसकिने बताएका थिए। त्यसपछि कांग्रेस सांसदहरुले उठेर बैठक अबरुद्ध गरेका छन्। कांग्रेस सांसदहरुले उभिएर विरोध गरेपछि सभामुख महराले ‘सिमित सदस्यलाई प्रश्न गर्न अनुमति दिन्छु’ भन्दै मिनेन्द्र रिजालको नाम लिए । तर, रिजालले महराको प्रस्ताव मानेनन् ।

विरोध कायम भएपछि सभामुख कृष्णबहादुर महराले सीमित सदस्यहरुलाई मात्रै एक मिनेटको समय दिने बताएका थिए। तर कांग्रेसले विरोध कायमै गरेपछि सभामुख महराले प्रश्न उत्तरको व्यवस्था नगरिएको बताएका थिए। त्यसपछि केहीबेर बैठक चलेर १५ मिनेटका लागि स्थगित भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.