प्रधानमन्त्रीलाइ भारतको भूमि अतिक्रमण गरेको तथ्य देखाउन रास्वपा सांसद आशिका तामाङको माग

रिपोर्ट नेपाल | 2026 Jun 01 | 01:22 pm 257

काठमाडौँ ,जेठ १८ / सत्तारुढ दल रास्वपाकी सांसद आशिका तामाङले नेपालले भारतको भूमि अतिक्रमण गरेको देखाउन माग गरेकी छन् । भारतले मात्र अतिक्रमण गरेको हिजोसम्म तथ्य थाहा भए पनि प्रधानमन्त्रीले नयाँ कुरा गरेको उनको भनाइ छ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री शाहले ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ । भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भन्दै अभिव्यक्ति दिएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले नेपालले अतिक्रमण गरेको भारतको भूमि सार्वजनिक गर्न प्रधानमन्त्री वालेन्द्र शाहसँग अपिल गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो अपिल गरेकी हुन् । “प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ, त्यसको तथ्य सार्वजनिक गरिदिनु हुन हार्दिक अपिल गर्छु,” उनले लेखेकी छन्, “किनकि सधैँभर म लगायत हामी नेपालीले भारतले मात्र अतिक्रमण गरेको हिजोसम्म तथ्य थाहा थियो । तर, आजबाट हामिले बुझ्नुपर्ने दिन आएको छ कि हामीले पनि छिमेकी देशमाथि अतिक्रमण गरेका रहेछौँ ।”

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.