‘प्रधानमन्त्रीलार्इ जे लाग्यो त्यही बजेटमा आउनु राम्रो होइन’ : डा.रामशरण महत

| 2018 Jun 03 | 06:24 pm 3233

  • आचार्य प्रदीप

बुटवल , २० जेठ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले ल्याएको बजेट बायुपंखी लक्ष्यले मात्रै भरिएको टिप्पणी गरेका छन् । उनले बजेटले निर्धारण गरेको लक्ष्य निर्धारणका लागी सरकार असफल भएको दाबी गरे ।

रिपोर्टर्स क्लब नेपाल ५ नम्बर प्रदेशकार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै डा. महतले सरकारले सस्तो लोकप्रियताका लागी मिठा मिठा शब्द जाल भरेर बजेट बनाएको दाबी गरे । एक वर्षमा ५ लाखलाई रोजगारी दिने बजेटमाउल्लेख गरीएपनि त्यसका लागि कुनै तयारी र अध्ययन नदेखिएको उनको भनाई छ । उनले भने –‘रोजगारी सिर्जना भनिएको छ तर त्यो कसरी कुन तरिकाले गरिने हो त्यो उल्लेख छैन , शब्दमा मात्रै रोजगारी लेखेर हुन्छ ?’

सर्काले आर्थिक बृद्विदर ८ प्रतिशतको लक्ष्य लिएपनि पुजि लगानी बिना आर्थिक बृद्वि सम्भव नभएको भन्दै उनले सरकारले पुजि लगानीलाइृ कर थोपरोर लगानीकर्तालाई निरुत्साहीत गर्न खोजेको आरोप लगाए ।  आर्थिक बृद्विदर हाँसील गर्नका लागी कति पुजि लगानी गर्नुपर्छ त्यसतर्फ सरकारले सोच्दै नसोचेको उनको भनाई छ ।

आर्थिक वृद्धिदर र पुजि लगानीमा ८० प्रतिशत निजी क्षेत्र र २० प्रतिशतमात्रै सरकारी लगानी हुने गरेको उल्लेख गरेका छन् । उनले भने –‘ नेपालमा ट्याक्स बढी छ,यसले लगानी वृद्धिलाई असर गर्छ,ट्याक्स कम भएपो लगानी भित्रिन्छ ।’ १०० करोड भन्दा बढिलगानीलाइ पब्लिक लिमिटेड कम्पनीमा भनिएपनि यसमा खास वैदेशिक लगानी आउँदैन ।उनले भने ।

सरकारको बजेटले प्राइभेट इन्भेष्टमेन्टलाइ डिस्करेज गर्न खोजेको उनको तर्क छ ।‘योजना ल्याउँदा अध्ययन होस् तयारी होस् ,हावाका भरमा बजेट नबनाउनुस् ,प्रधानमन्त्रीलाई जे लाग्यो त्यही बजेटमा आउनु राम्रो होइन । ’माननीयलाइ संसदीय विकास क्षेत्रको पैसा ४ करोड दिन नहुने उनको भनाइ छ । ‘यो धेरै भो तैपनि सरकारले गलत ढङ्गले ल्याएको छ ,चोरबाटोबाट आएको छ यो ठिक होइन । ’ ‘सरकारका कमी कमजोरी हेरिरहेका छौँ तर भ्रम हटोस् हामी जिम्मेवारीमै छौँ ’

काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका डा. महतले सत्तापक्षको मिठो मिठो कुरा सुनेर इन्नोसेन्ट भएर ताली बजाउने मात्रै काम भएको भन्दै प्रतिप्रक्षको भूमिका निभाउनु पर्ने बताए ।सरकारका कमी कमजोरी हेरिरहेका छौँ तर भ्रम हटोस् हामी जिम्मेवारीमै छौँ ।काँग्रेस सङ्गठन बिस्तार अभियानमा रहेको भन्दै उनले काँग्रेस अब बलियो भएर अघि बढ्ने बताए ।

‘कोठाकोठामा गुटबन्दी होला तर बाहिर छैन ,ब्यबस्थापकिय र सङ्गठनात्मक कमजोरी होलान् ,त्यो सुधार्र्छाै’ उनले भने ।  क्लबका प्रदेश कार्यालय प्रमुख रामकुमार क्षेत्री अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कपिल ज्ञवालीले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.