प्रधानमन्त्रीद्वारा सबै दलका प्रमुख सचेतकको बैठक आब्हान

रिपोर्ट नेपाल | 2023 Feb 06 | 08:03 am 413

काठमाडौँ, माघ २३ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक डाकेका छन् ।

आज (सोमबार) बिहान ९ बजेका लागि प्रधानमन्त्री प्रचण्डले सबै दलका सचेतकहरूलाई छलफलका लागि बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

संसदलाई कसरी प्रभावकारी बनाउने र सरकारले दिनुपर्ने विजनेसलगायतका बारेमा दलको आधिकारिक राय लिनका प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । संसदमा सांसदहरूको भूमिका मात्र नभई राष्ट्रियसभा उपाध्यक्ष, राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिबारे पनि छलफल हुने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.