प्रधानमन्त्रीद्वारा संवैधानिक परिषदको बैठक बुधबारका लागि आब्हान

रिपोर्ट नेपाल | 2021 Feb 02 | 11:00 am 1473

काठमाडाैं, माघ २०ः प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संवैधानिक परिषदको बैठक बोलाएका छन् ।

यसअघिको बैठकबाट संवैधानिक अंगहरुमा गरिएका नियुक्ति सिफारिस सभामुख अग्नि सापकोटाले फिर्ता गरेका थिए । यसअघि परिषद्ले निर्वाचन आयोग, अख्तियार र मानवअधिकार आयोग लगायतका निकायमा गरेको विवादास्पद सिफारिस सभामुख सापकोटाले माघ १८ आइतबार फिर्ता गरेका हुन् ।

उक्त कदमप्रति राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले भने सभामुख सापकोटाको आपत्ती जनाएका छन् । उनले संवैधानिक परिषदका सिफारिसहरु विधिसम्मत ढंगले संसदीय सुनुवाइ समितिलाई उपलब्ध गराइएको दावी गरेका छन् ।

यसअघि प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएका थिए । उक्त अध्यादेशअनुसार संवैधानिक परिषदमा तीन जना उपस्थित भएर निर्णय गर्न सक्ने स्राेतले जनाएकाे छ ।

गत मंसिर ३० को बैठकमा सभामुख सापकोटा अनुपस्थित भएपछि प्रधानमन्त्रीले अध्यादेशमार्फत् कानुन संशोधन गरेर उक्त साँझ बैठक राखेका थिए । बैठकमा सभामुखका साथै विपक्षी दलका नेता शेरबहादुर देउवा समेत अनुपस्थित थिए।

उक्त बैठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुखसहितका संवैधानिक निकायमा नियुक्ति सिफारिस गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.