काठमाडौं, फागुन १०: प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा लिखित पुस्तक विमोचित भएको छ।
उनले लेखेका ‘भिजन टु एक्सन‘ नामक पुस्तक शनिबार सार्वजनिक गरिएको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजिक कार्यक्रमका शताब्दी पुरुषद्वय राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतविद् सत्यमोहन जोशीले उक्त पुस्तक विमोचन गरेका हुन्।
प्रधानमन्त्री ओलीले ६९औँ जन्मदिवसको अवसरमा उक्त पुस्तक सार्वजनिक गरेका हुन्।
पुस्तकमा प्रधानमन्त्री ओलीले विकास र समृद्धिबारे आफ्ना दृष्टिकोणहरू समावेश गरेका छन्।