काठमाडौं, बैशाख १२ः वीरगंज एरियामा तस्करी शिरोमणी भनेर चर्चित नमुद तस्कर अनोज गुप्ता, रामेश्वर तिवारी र मदन रुन्चे भन्ने मदन गुप्ताले तस्करी गर्ने ठाउँ परिवर्तन गरेको बुझिएको छ ।
रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार यो तीन जनाको समुहले लुम्बिनी प्रदेशका विभिन्न नाका प्रयोग गर्ने गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका मान्छेहरुलाई दर्विलो आर्थिक प्रभावमा पारी मनोज गुप्ताले लाइन पाएपछि रामेश्वर तिवारी र रुन्चेले आफ्नो धन्दा सुरु गरेका हुन् ।
विशेष गरी नेपालगंजको रुपडिया र कपिलवस्तु लगायतका नाकाहरुबाट लत्ताकपडाका सामान तस्करी भइरहेको समाचार स्रोतको दाबी छ ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक नारायण सापकोटालाई समेत मिलाएको बताउने तस्करको यो समुहले काठमाडौंको बालाजु, स्वयम्भु र ललितपुरको सानेपामा गोदाम राखेका छन् ।
देश आर्थिक मन्दीले ग्रस्त भइरहेको बेला तस्करको यो समुहले प्रधानमन्त्रीको सचिवालयका रमेश मल्ल लगायतलाई मिलाएर आफ्नो धन्दा चलाएको बुझिएको छ ।
वीरगंज नाकाबाट लाइन नपाएपछि तस्करको यो समुह पश्चिमतिर हानिएको हो । यस विषयमा राजस्वका महानिर्देशक नारायण सापकोटा सँग सम्पर्क गर्दा आफूले सूचना पाए राजस्व चुहावट गर्ने जो कोहीलाई नछोड्ने बताए ।
गत बिहीबार मदन रुन्चेको करिब ५० लाखको लत्ताकपडा राजस्वले समाएपनि त्यसलाई छोडाउन शक्ति केन्द्र धाइरहेको बुझिएको छ ।