काठमाडौं ०६ साउन । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। आइतबार सिंहदरबास्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा निर्णय गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।
कांग्रेस र एमाले मिलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त भएका थिए । यसपछि कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण बनेको हो ।
यस क्रममा दुई पटक सत्ताको नेतृत्व गरेको माओवादी कहिले कांग्रेस र कहिले एमाले नेतृत्वको सरकारमा सहभागी भएको थियो ।माओवादीको बैठकले सरकारलाई खबरदारी गर्न विपक्षी मोर्चालाई थप बलियो बनाएर जाने निर्णय समेत गरेको छ ।