काठमाडौं, असार २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरदार प्रितम सिंहको जीवनीमा आधारित पुस्तक विमोचन समारोहमा दिएको अभिव्यक्तिलाई लिएर संसद् अवरोध गर्दै आएको नेकपा (एमाले) ले आज संसद चल्न दिने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच संसद अवरोध हटाउने विषयमा छलफल भएपछि संसद सुचारु भएको हो । छलफलमा प्रधानमन्त्री दाहालले संसदमा सम्बोधन गर्ने उक्त सम्बोधन चित्तबुझ्दो भए निरन्तरता दिने अन्यथा संसद अवरुद्ध गर्ने एमालेले बताएको छ ।
प्रतिनिधि सभाको बैठक दिउसो ३ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।