‘प्रधानमन्त्रीको चीन भ्रमण उत्साहजनक भइरहेको छ’ : महासचिव पौडेल

रिपोर्ट नेपाल | 2018 Jun 22 | 04:13 pm 3601

बुटवल, असार ८ :  नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण उत्साहजनक भइरहेको बताएका छन् ।

आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘अब ढिलोमा सात वर्षमा काठमाडौँमा रेलमार्ग सञ्चालन हुन्छ ।’

महासचिव पौडेलले पर्यटन, ऊर्जा, सडक सञ्जाललगायत विभिन्न विषयमा चीनसँग सहमति हुने बताउँदै चीन र भारतसँगको समान सम्बन्धबाट नेपालको विकास सम्भव हुने धारणा व्यक्त गरे ।

उनले भने, ‘दुई पार्टीबीचको एकताले केहीलाई विचलित बनाएको छ, त्यसैले उनीहरुले ठाउँ खोजिरहेका छन् ।’

महासचिव पौडेलले मुलुक राजनीतिक स्थिरता र विकासको चरणमा छ भन्दै यसबाट मुलुकले दिगो लाभ हासिल गर्दा समृद्धि प्राप्त हुने बताए ।

बुटवल उपमहानगरपालिकाको प्रशासनिक भवन शिलान्यासका लागि उनी आज बुटवल आएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.