प्रदेश ४ को बजेट : २४ अर्ब २ करोड ३३ लाख, बहुमतले पारित

रिपोर्ट नेपाल | 2018 Jun 21 | 05:34 pm 3406

पाेखरा, ७ असार : प्रदेश ४ को आगामी वर्ष २०७५/०७६ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ ।  प्रदेशसभाको बिहीबारको बैठकमा प्रदेश विनियोजन विधेयक पारित भएसँगै बजेट पनि बहुमतले पारित भएको हो ।

आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उक्त आवका लागि २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको बजेट असार १ मा प्रस्तुत गरेका थिए । यो संविधान र वित्तीय संघीयताको कार्यान्वयन गर्ने पूर्ण आकारको पहिलो बजेट हो ।

आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उक्त आवका लागि २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको बजेट असार १ मा प्रस्तुत गरेका थिए । यो संविधान र वित्तीय संघीयताको कार्यान्वयन गर्ने पूर्ण आकारको पहिलो बजेट हो । बजेटमध्ये चालुतर्फ ६ अर्ब ९१ करोड ५५ लाख (२९ प्रतिशत) र पूँजीगततर्फ १५ अर्ब ९० करोड ७८ लाख (६६ प्रतिशत) छ । ५ प्रतिशत बजेट वित्तीय हस्तान्तरणका १ अर्ब २० करोड (समानीकरण १ अर्ब, समपुरक १० करोड र विशेष १० करोड) रहेको छ । बजेटको स्रोतमा समानीकरण अनुदान ६ अर्ब ७७ करोड ६७ लाख, सशर्त अनुदान ६ अर्ब ५० करोड १९ लाख रहेको छ ।
त्यसैगरी राजस्व बाँडफाँटबाट प्राप्त हुने ६ अर्ब ५७ करोड ६० लाख, समपुरक अनुदान ७१ करोड ४२ लाख, विशेष अनुदान ३५ करोड ५० लाख र आन्तरिक राजस्वबाट प्राप्त १ अर्ब ६९ करोड ९५ लाख रुपैयाँ पनि बजेटका स्रोत हुन । बजेटमा १ अर्ब ४० करोड रुपैयाँ न्युन हुने भएकाले आर्थिक वर्ष २०७४/०७५ को नगद मौज्दात ६० करोड र आन्तरिक ऋणबाट ८० करोड व्यहोरिने उल्लेख छ ।

बजेटको कुल ५० प्रतिशत भौतिक पूर्वाधार (सडक, आवास, खानेपानी र सिँचाईसमेत) मा छुट्याइएको छ । त्यसैगरी सामाजिक क्षेत्रमा २० र कृषि तथा पशुमा १३ प्रतिशत विनियोजन गरिएको छ । बजेटबारे असार ३, ४ र ५ छलफल भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.