प्रदेश १ का वनमन्त्री एवम् कांग्रेसका मोरङ ३(क)का उम्मेद्वारको निधन

रिपोर्ट नेपाल | 2022 Nov 09 | 01:42 pm 1149

काठमाडौं, कात्तिक २३ः  प्रदेश नम्बर १ सरकारका वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको छ । उनी आगामी निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट मोरङ क्षेत्र नम्बर ३ (क)का प्रदेशसभाका उम्मेदवारसमेत थिए । मन्त्री थापाको उपचारकै क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको हो।

५८ वर्षीय थापा असोज २३ गते उम्मेदवारी दर्ता गराउँदा नै उनी बिरामी परेका थिए । मन्त्री थापाको फोक्सोमा निमोनिया भएको पाइएको थियो । उनलाई सर्बप्रथम गत असोज २४ गते उपचारका लागि नोबेल अस्पताल भर्ना गरिएको थियो ।

त्यसपछि उनको त्यहाँ उपचार सम्भव नभएपछि असोज २७ गते हेलिकप्टरबाट काठमाडौंस्थित ह्याम्स अस्पताल ल्याइएको थियो ।

ह्याम्समा २२ दिन जटिल उपचार गराई केही स्वास्थ्यमा सुधार देखिएपछि उनलाई फेरि नोबेल नै पठाइएको थियो । पुन: स्वास्थ्य जटिल बनेका उनको बुधबार उपचारकै क्रममा निधन भएको हो । मन्त्री थापा २०७४ सालको निर्वाचनमा समानुपातिक कोटाबाट प्रदेश सांसद बनेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.