काठमाडाैं, माघ ११ः आइतबार प्रदेश-१ का मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा प्रवेश गरेका छन्।। काठमाडौंको गैह्रिधारास्थित एलिस पार्टी प्यालेसमा पार्टीका केही नेता र आफन्तबीच राई जाङ्मु शेर्पासँग विवाह बन्धनमा बाँधिएका हुन्।
उक्त विवाहमा दुलहीको तर्फबाट शेर्पा विधिअनुसार गरेर बिदाइ गरिने र दुलाहाका घर भित्र्याउँदा राई विधिबाट भित्र्याइने बताइएको छ।
२०४४ सालदेखि संगठित रुपमा अनेरास्ववियुको राजनीतिमा सक्रिय भएका राई अखिलको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पूर्वाञ्चलको संयोजक बनेका थिए।
दोस्रो संविधानसभा सदस्य भएकै बेला राई पहिलो पटक सूचना तथा सञ्चार मन्त्री भए। २०७४ सालमा संघीय मुलुकको प्रदेश १ को पहिलो मुख्यमन्त्री बनेका थिए।
उता शेर्पा संखुवासभा घर भएपनि हाल हजुरआमासँग काठमाडौंमा बस्दै आएकी छन्। उनका बाबु–आमा भने अमेरिकामा छन्।
१३ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’ मा भाग लिएकी उनले विभिन्न ब्युटी प्याजेन्टमा सहभागी हुँदै मिस मंगोल नेपालको उपाधि जितेकी थिइन्।