प्रदेश–१ का मुख्यमन्त्री आचार्य अल्पमतमा

रिपोर्ट नेपाल | 2021 Sep 14 | 07:57 am 141

विराटनगर, भदाै २९ः नेकपा एकीकृत समाजवादीले प्रदेश–१ का मुख्यमन्त्री भीमप्रसाद आचार्यलाई दिएको समर्थन फिर्ता लिएको छ । नेकपा एसले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रदेश–१ को सरकार अल्पमतमा परेको छ ।

प्रदेशसभा सचिवालयमा पत्र बुझाउँदै नेकपा एकीकृत समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार नेकपा एकीकृत समाजवादीकी सांसद सावित्रा रेग्मीले प्रदेशसभा सचिवालयमा पत्र बुझाउँदै नेकपा एमालेमा हुँदा आफूहरूको समर्थनमा बनेको मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिइन् ।

नेकपा एकीकृत समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रदेश–१ को सरकार अल्पमतमा परेको छ । सरकार अल्पमतमा परिसकेकाले नयाँ सरकार गठनका लागि पनि एकीकृत समाजवादीले पहल थाल्ने तयारी गरेको छ । नयाँ सरकार गठनका लागि पहल गर्न दुई सदस्यीय वार्ता समितिसमेत एकीकृत समाजवादीले गठन गरेको छ । वार्ता समितिमा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राई र राजन राई रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.