काठमाडौँ ०६ भदौ / गृहमन्त्री रमेश लेखकले बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रहरी समायोजनको प्रक्रिया अघि बढीसकेकाले चाँडै प्रहरी समायोजन हुने बताएका छन् ।
गृहमन्त्री लेखकले मधेस प्रदेश सरकारको आफ्नै प्रहरी हुनेमा अब ढुक्क रहन आग्रह गरेका छन् । गृहमन्त्री लेखक वर्तमान सरकार सुशासन, शान्ति सुरक्षा तथा स्थिर सरकार दिने पक्षमा रहेको र सोही अनुसार सरकारको कामकारवाही भइरहेको बताए ।
उनले वर्तमान सरकार संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका प्रतिबद्ध रहेकाले गणतन्त्रविरुद्धमा ठूला दलबाट षड्यन्त्र भएको विषय गलत रहेको बताए ।