पोखरा, असार २२ : प्रदेश नंम्बर ४ को नाम शुक्रबारदेखि गण्डकी भएको छ । प्रदेशसभाको शुक्रबारको बैठकमा प्रदेशको नाम गण्डकी राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको हो ।
प्रदेशसभामा रहेका ५६ सांसद्मध्ये ५४ जनाले पक्षमा र २ सांसद्ले विपक्षमा मत हालेका थिए। विपक्षमा मत हाल्न सांसद नयाँ शक्ति पार्टीका हुन्।