काठमाडौँ १ असार / नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आज एक कार्यक्रमलाई सम्बोधन गर्दै संविधान संशोधन गरेर संघ र प्रदेशको सदस्य संख्याको आकार घटाउनुपर्ने बताएका छन्। उनले चोक चोकमा बसेर प्रदेश खारेज गरौं भनेर अर्थ नभएको बताएका छन् ।
थापाले अदालतले प्रदेश चलाएको दाबी गर्दै मुख्यमन्त्री अदालतमा भेटिन थालेको धारणा राखे। संसद र सरकार कम खर्चमा चलाएर देखाउनु आवश्यक भएको थापाले बताएका छन् । उनले संघीय सरकारको मन्त्रिमण्डलसमेत घटाउनुपर्ने तर्क गरे।
प्रदेशको निर्वाचन प्रणाली बदल्नुपर्छ। प्रदेश अहिले अदालतले चलाएको छ। मुख्यमन्त्री अदालतमा भेटिन थालेका छन्। सबै लगेर अदालतमा बुझाएका छन्। अब कसैलाई दोष दिए हुँदैन। प्रदेशको सन्दर्भमा कतिपय कुरा संविधानमा मिलेनछन्, त्यसो भए के गरौं ? संशोधन गरौं। त्यो गर्न एमालेसँग सल्लाह गरौं,उनले भने।