प्रदेशसभा सदस्य र नगर उपप्रमुख सवार जिप दुर्घटना

रिपोर्ट नेपाल | 2019 Nov 05 | 10:36 am 1802

उदयपुर, कात्तिक १९: प्रदेशसभा सदस्य सञ्जाकुमारी दनुवार र त्रियुगा नगरपालिकाका उपप्रमुख देवीकुमारी चौधरी चढेको जीप सोमबार साँझ दुर्घटना हुँदा दुबै जना गम्भीर घाइते भएका छन् ।

घाइते दुबै जनाको चौदण्डीको बेल्टारस्थित बेल्टार अस्पतालमा प्राथमिक उपचारपछि विशेष उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा पठाइएको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढामगरले जानकारी दिए । साथै जीप चालक योगेश चौधरीको अवस्था भने सामान्य रहेको पनि बताए।

विराटनगरबाट मदनभण्डारी लोकमार्ग हुँदै उदयपुरको चौदण्डी नगरपालिकाको बेल्टार बजार भएर गाईघाट आउने क्रममा चौदण्डी–७ को लाटीखोलास्थित भुल्के भन्ने स्थानमा सोमबार साँझ ५ बजे त्रियुगा नगरपालिकाको स १ झ ५३१ नम्बरको रातो जीप सडकमा पल्टिएर दुर्घटना हुँदा जीपमा सवार दुवैजना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाए।

जीप सडकको गोलाइमा नियन्त्रण भन्दा बाहिर गएका कारण दुर्घटना हुन पुगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उदयपुरका प्रहरी प्रमुख बुढामगरले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.