प्रदेशसभाको उपनिर्वाचनमा भाग नलिने रास्वपाको निर्णय

रिपोर्ट नेपाल | 2024 Mar 11 | 05:00 pm 641

काठमाण्डौ २८ फागुन / आगामी १५ बैशाखमा बझाङ (१) मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले भाग नलिने भएको छ ।

केन्द्रीय समितिको सोमबार बसेको बैठकले प्रदेशसभाको उपनिर्वाचनमा भाग नलिने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

निर्वाचन तयारीका लागि रास्वपाले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई इलाम–२ मा खटाएको छ ।

बैठकले प्रतिनिधिसभाको उपनिर्वाचन हुने इलाम–२ मा उम्मेदवारी दिने तर त्यसै दिन उपनिर्वाचन हुने बझाङ (१) मा भने उम्मेदवारी नदिने निर्णय गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.