‘प्रदेशबाट सम्झन्छु आमालाई’ बोलको दशैं गीत सार्वजनिक (भिडियोसहित)

रिपोर्ट नेपाल | 2018 Sep 28 | 07:27 pm 4326

काठमाडौं, असोज १२ : नेपाली साङ्गीतिक बजारमा नेपाली चाड पर्व, विभिन्न संस्कृति र रहन सहनका विषयलाई लिएर गीत सङ्गीतको सिर्जना गर्ने गरिन्छ । यही क्रममा नेपालीहरू हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजया दशमी तथा शुभ-दीपावली नजिकिँदै गर्दा बजारमा नयाँ-नयाँ गीतहरू सार्वजनिक हुन थालेको छ ।

यिनै चाड पर्वलाई समेटे दशैँकाे झल्को दिने ‘प्रदेशबाट सम्झन्छु आमालाई’ बोलको गीत सार्वजनिक भएको छ । विदेशिएको युवाहरूको जीनमा आधारित गीत ‘प्रदेशबाट सम्झन्छु आमालाई’ बोलको गीतमा शान्ति श्री परिवार र गोविन्द पराजुलीको स्वर रहेको छ ।

भिडियो :

गरिबीको कारणले विदेशिएका युवाहरूको जीवनमा आधारित उक्त गीत रामु बारहीले रचना र संगीतमा रहेकाे गीतलाई सन्तोष सनमले ऐरेन्ज गरेका छन्, भने मन बहादुर बरालले मिक्सीङ गरेका हुन् । गीतकार बराहीकै निर्देशनमा रहेको उक्त गीतको म्युजिक भिडियोमा राजेन्द्र बजुराली र लक्ष्मण खनालको अभिनय रहेको छ ।

जब चाड पर्व आउँछ, तब हुने खानेले त हर्षोल्लासका साथ चाड पर्व मनाउंछन तर हुँदा खाने निम्न वर्गका नेपाली युवहरु गरिबीको कारणले विदेशीएपछि विशेष  चार्डपर्वमा घर आउन नपाउदा विशेष गरि आमालाई सम्झिँदै अत्यन्त मार्मिक ढङ्गले गीतमा प्रस्तुत गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.