बुटवल, साउन १३ : प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रसले प्रदेशको राजधानी र नामाकरण नभएको भन्दै प्रदेश सभा बैठक अवरोध गरेको छ । आइतबारको ५ नम्बर प्रदेशकाे बैठक स्थायी राजधानी र नामाकरण टुंगो नलागेसम्म चल्न नदिने भन्दै अवरोध गरेको हो ।
संविधानमा ६ महिनाभित्र प्रदेश सभाबाट स्थायी राजधानी र नामाकरण टुंगो लगाउने उल्लेख भएपनि अहिलेसम्म सरकारले लगाउन नसकेको कांग्रेसको आरोप छ ।
संविधानमा सभामुख र उपसभामुख छुट्टाछुट्टै दलको हुनुपर्ने व्यवस्था भएपनि प्रदेश ५ को प्रदेश सभा बैठकमा अहिलेसम्म दुवै पद एकै दलको भएकाले तत्काल त्यसको प्रकृया सुरु गर्न समेत कांग्रेस सचेतक निर्मला क्षेत्रीले सभामुखको ध्यानाकर्षण गराएकी थिइन् ।
कांग्रेसको अवरोधपछि सभामुख पूर्णबहादुर घर्तीले सोमबार १ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराएका छन् ।