सुर्खेत, फागुन १६ : अवैध लागूऔषध ब्राउन सुगरसहित बिरेन्द्रनगर नगरपालिका–४ भैरवस्थान बस्ने ३० वर्षीय नरबहादुर नेपालीलाई पक्राउ गरेको छ ।
उनको साथबाट अवैध लागूऔषध ब्राउन सुगरको ३ वटा सानो प्याकेट बरामद गरी आज (बिहीबार) दिउसो प्रहरीले पक्राउ गरेको छ ।
रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार उक्त लागूऔषध कारोबारीलाई नगर प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले सोही नगरपालिका–५ स्थित काठपुल नजिकबाट उक्त लागूऔषधसहित उनलाई पक्राउ गरेको बुझिएको छ ।
यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।