रौतहट, फागुन ७ : कटहरिया नगरपालिका–१ स्थित सार्वजनिक सकडबाट अवैध लागूऔषध फेनारगन २ सय एम्पुल, डाईजेल्याव २ सय एम्पुल, नुर्फिन २ सय एम्पुल र नाईट्राभेट १५ हजार ट्याब्लेटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत पुर्वीचम्पारणका २६ वर्षीय मोहमद कलीमुल्लाह र भारत घर भएका २० वर्षीय मोहमद हैदर रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०६ ए ६५८० नम्बरको मोटरसाइकल चेकजाँच गर्नेक्रममा चालक कलीमुल्लाह र मोटरसाइकलमा सवार हैदरलाई उक्त लागूऔषध सहित पक्राउ गरेको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।