प्रतिपक्षको विरोधका कारण राष्ट्रियसभा बैठक स्थगित

| 2018 Jul 01 | 02:53 pm 4344

काठमाडौँ, १७ असार : सरकारले संसद् नियमावलीको नियम निलम्बन गरेर राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश गर्न बसेको बैठक स्थागित भएको छ । आइतबार केहीबेर बसेरको बैठक प्रतिपक्षको विरोधका कारण स्थागित भएको हो ।

बैठक स्थागित भएपछि सोमबार बिहान ११ बजे बस्ने गरी सुचना टास गरेकाे छ । विधेयक पेश गर्ने विषयमा प्रतिपक्षसँग छलफल गर्ने भन्दै संसद् बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो।सभामुख कार्यकक्षमा सत्तापक्ष र प्रतिपक्षबीच छलफल भएपनि कांग्रेसले नियम निलम्बन गरेर विधेयक संसदमा पेश गर्न सहमत नभए पछि बैठक सोमबारसम्मका लागि स्थगित गरिएको हो।

यद्यपी संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईद्वारा जारी सूचनामा आइतबार आधा घण्टाका लागि स्थगित भएको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले स्थगित गरिएको उल्लेख छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.