प्रतिनिसभा बैठक भदौ ५ सम्मका लागि स्थगन

| 2023 Aug 20 | 04:37 pm 1245

काठमाडाैं, भदाै ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अवरुद्ध स‌ंसद खुलाउनका लागि बोलाएको ७ दलको  बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि प्रतिनिधिसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको छ।

५ गते सम्मका लागि स्थगित भएको सङ्घीय संसद् सचिवालयले सूचना टाँसेर जानकारी दिएको हो ।

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम ९३० बमोजिम सभामुख देवराज घिमिरेले सभाको अर्को बैठक ५ गते मङ्गलबारसम्म सारिएको संसदका महासचिवद्वारा जारी सूचनामा उल्लेख छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.