काठमाडौँ ,जेठ ०५ / सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सिंहदरबारस्थित संसद् भवनमा शुरू भएको छ। आजको बैठकमा विशेष गरी आगामी आर्थिक वर्षको प्रि-बजेट छलफल र प्रधानमन्त्री कार्यालयको पत्र प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट संसद् सचिवालयलाई प्राप्त मन्त्रीहरूको कार्यभार थपसम्बन्धी औपचारिक पत्रको व्यहोरा पढेर सुनाउने कार्य तालिका छ ।
आजको मुख्य कार्यसूचीमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रि-बजेट) माथिको छलफललाई निरन्तरता दिइनेछ।
संसद्मा सांसदहरूले उठाएका जिज्ञासा, सुझाव र आलोचनाहरूको सम्बोधन गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि संक्षिप्त जवाफ दिने कार्यसूची समेत तय गरिएको छ।