प्रतिनिधि सभा बैठकमा एमालेको नाराबाजी

| 2023 Aug 14 | 03:35 pm 1929

काठमाडाैं, साउन २९ ।  सुन तस्करीका विषयमा उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै एमालेले आज पनि  प्रतिनिधि सभाको बैठकमा नाराबाजी गरेको छ।

सभामुखले कार्यसूचीमा प्रवेश गर्न लागेको जानकारी गराएसंगै एमालेका सांसदहरुले उठेर नाराबाजी गरेका हुन्।

सुन तस्करीमा अर्थ र गृहमन्त्रीको संलग्नता रहेकोले उनीहरुको राजीनामा र उच्च स्तरीय छानविन समिति गठन गर्नु पर्ने एमालेको मागलाई वेवास्ता गर्दै  सत्तापक्षले उच्चस्तरीय छानबिन समितिको आवश्यकता नभएको बताउँदै आइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.